Kath Khabar
मेयर बालेन र उपप्रमुख डंगोलबीच साढे दुई महिनापछि पुनः वार्ता, कार्यपालिका बैठक बोलाउन सहमत
File Photo

                            काठमाडौं, जेठ २९ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपमेयर सुनीता डंगोल र वडा अध्यक्षहरूसँग छलफल भएकाे छ । बुधबार उपमेयर सुनिता डंगोल र ३ जना वडाध्यक्षबिच भएको छलफलपछि बालेन कार्यपालिका बैठक बोलाउन सहमत भएका छन् । 

उनीहरूबीच लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा बोलाउने बारेमा छलफल भएकाे हाे  । वडा अध्यक्षहरूको उपस्थितिमा भएको वार्ता लगभग चार घण्टा चल्यो ।

यसपछि, मेयर शाह र उपमेयर डंगोलबीच छुट्टै एक-एक अन्तर्क्रिया पनि भएको थियो । यो बैठकले मेयर र उपमेयरबीचको लामो समयदेखिको संवादविहीन अवस्थाको अन्त्य गरेको छ । छलफलमा चाँडै कार्यपालिका बैठक र नगरसभा बोलाउने सहमति भएको छ। 

काठमाडौं महानगरपालिकाको कार्यपालिका समितिको बैठक पुस १४ यता बसेको छैन।  बैठक डाक्न मेयर बालेन आनाकानी गर्दै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update