Kath Khabar
संसद्को गतिरोध अन्त्यका लागि मुख्य तीन दलबीच छलफल हुँदै

                                काठमाडौं, जेठ २९ । संसद्को गतिरोध अन्त्यका लागि तीन दलबीच छलफल हुँदैछ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध हटाउने विषयमा छलफल हुन लागेको हो ।

अहिले यी तीन दलहरु छुट्टै छलफलमा छन् । केहीबेरमा बस्न लागेको विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।

 भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update