गुजरात, जेठ २९ । गुजरातको अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।
गुजरातको राजधानी अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडान भर्ने क्रममा एयर इन्डियाको फ्लाइट ए१-१७१, एक बोइंग ७८७-८ ड्रीमलाइनर टेकअफ गरेको केही समयपछि दुर्घटनाग्रस्त भएको हो । एयर इन्डियाको फ्लाइट नम्बर ए१-१७१ ले दिउँसो १:३८ बजे उडान भरेको थियो ।
सो उडानमा चालक दलका सदस्य सहित करिब २४२ जना सवार थिए, तीमध्ये ५२ जना बेलायती र ६ जना पोर्चुगाली नागरिक पनि थिए । उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेकाे बताइएकाे छ ।
विमाज उडान भरेको २ मिनेटपछि नै विमान पर्खालमा ठोक्किएको थियो । दुर्घटनास्थलमा धुवाँको मुस्लो उडेको भिडियाेहरूमा देख्न सकिन्छ। अहिलेसम्म ५० वटा शव भेटिएको दैनिक भाष्करले पुष्टि गरेको छ । सबै शव जलेको चिन्न नसकिने अवस्थामा रहेकेा छ ।