काठमाडौं, जेठ ३० । नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरियाले अध्यक्ष पद जितेका हुन् ।
काठमाडौंको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
विद्युतीय मतदानमार्फत सम्पन्न निर्वाचनमा कडरियाले ७३२ मत प्राप्त गरे भने पौडेलले ७२५ मत प्राप्त गरे । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो ।
उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भएका छन् ।