बमको धम्की पछि एयर इन्डिया विमान आपतकालीन अवतरण
                        
                        
                                                
                                            बैंकक, जेठ ३० । थाईल्यान्डको फुकेट इन्टरनेशनल एयरपोर्टमा एयर इन्डियाको एउटा विमान आपत्कालीन अवतरण गरिएको छ । शुक्रबार फुकेटबाट नयाँ दिल्ली जाँदै गरेकाे विमान बमको धम्की पछि आपतकालीन अवतरण गरिएकाे हाे ।
एयर इन्डियाको फ्लाइट AI 379 विमानमा १५६ जना यात्रु सवार थिए, तर टेकअफ गरेपछि बमको धम्की प्राप्त भयो । त्यसपछि फ्लाइट अण्डमान सागर वरिपरि चक्कर लगाउँदै फर्कियो र आपतकालीन अवतरण गराइयो। AOT (एयरपोर्ट अफ थाईल्यान्ड) का अनुसार हालसम्म बमको धम्कीको पुष्टि गरिएको छैन।
फुकेट एयरपोर्टका एक अधिकारीले बताए अनुसार आपतकालीन अवतरणपछि यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको छ र सबैजना सुरक्षित छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:१६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
