Kath Khabar
केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना,  सात जनाको मृत्यु

                            उत्तराखण्ड, असार १ । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकोप्टर दुर्घटना भएको छ । 

केदारनाथ मन्दिरबाट उत्तराखण्डको गुप्तकाशी जाँदै गरेको हेलिकप्टर गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त हुँदा पाइलट सहित सात जनाको मृत्यु भएको छ।  

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, उक्त हेलिकप्टरले केदारनाथबाट गुप्तकाशीका लागि बिहान करिब ५:३० बजे उडान भरेको थियो, तर उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।

आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा चालकसहित सात जना रहेका थिए । मृतकहरूमा एक २ वर्षीय बालक पनि रहेको बताइएको छ। 

आर्यन कम्पनीको हेलिकप्टर सन् २०२२ मा पनि केदारनाथमै दुर्घटनामा परेको थियो र त्यस दुर्घटनामा पनि ७ जनाको ज्यान गएको थियो । खराब मौसमका कारण दुर्घटना भएका प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update