ग्वार्को ओभरपास असार ६ गतेदेखि सञ्चालनमा आउँदै,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
                        
                        
                                                
                                                                 ललितपुर, असार २ । ललितपुरको ग्वार्को ओभरपास असार ६ गतेदेखि सञ्चालनमा आउने भएको छ । ओभरपासको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६ गते ओभरपासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि औपचारिक रूपमा ओभरपासमा सवारी साधन आवागमन  सुरु हुनेछ । सडक विभागका अनुसार लेन सेपरेटर र सडक लाइनिङ जडान सम्पन्न भएपछि फ्लाईओभर प्रयोगको लागि तयार हुनेछ ।
सो ओभरपासमा मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथिबाट चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् । ओभरपास सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
