रवीन्द्र मिश्र अदालतमा उपस्थित, बयान जारी

काठमाडौं, असार ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भएका छन् ।
जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको बयान चलिरहेको छ । थप अनुसन्धानको क्रममा उनलाई हिरासतमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न अदालतले आज हिरासतमा सुनुवाइ गर्ने तयारी गरेको छ ।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर भएपछि मिश्र मंगलबार अदालतमा हाजिर भएका हुन् । सर्वोच्चबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र सो आदेशलगत्तै सम्पर्क बाहिर थिए ।
सोही मुद्दामा राप्रपाका महासचिव धवल शमशेर राणा सोमबार रु. ३ हजार धरौटीमा रिहा भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय