
काठमाडौं, असार ३ । डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । सोमबार सामाजिक सञ्जालमा अलविदा लेखेर सम्पर्कविहिन भएका श्रेष्ठले मंगलबार मन्त्रीक्वार्टर भैँसेपाटी पुगेर मन्त्री लेखकलाई भेट गरेका हुन् ।
मंगलबार बिहान मन्त्री निवास भैंसेपाटीमा बोलाइएका डा. श्रेष्ठलाई गृहमन्त्री लेखकले बेपत्ता हुनुको कारण र उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका छन् । गृहमन्त्रीले उक्त पोस्टको बारेमा थाहा पाएपछि प्रहरीलाई डा. श्रेष्ठको खोजी गर्न आदेश दिएको उल्लेख गरे ।
डा. श्रेष्ठले जिल्ला अस्पतालमा कार्यवाहक मेडिकल सुपरिटेन्डेन्टको रूपमा काम गर्दा आफूमाथि अन्याय भएको, झुटा आरोप लगाइ दबाब र धम्की दिइएको र यसबारे सुनाउँदा कतैबाट पनि सुनुवाइ नभएको गुनासो गरे ।
प्रहरीकाे खाेजीकार्य पश्चात उनलाई बालाजु क्षेत्रमा प्रहरीले सकुशल फेला पारेका थियो ।