Kath Khabar
प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

                       काठमाडौं, असार ३ । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । रास्वपाको अवरोधपछि बिहिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो। 

विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा काण्डको छानबिन गर्न उच्चस्तरीय वा न्यायिक अनुसन्धान समिति गठनको माग बारम्बार गर्दै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधको शैली परिवर्तन गर्दै आज सबै निलो स्कापसहितको पोशाकमा सासंदहरु संसद भवन पुगेका थिए । रास्वपा सांसदहरुको पोसाकलाई लिएर सदनभित्र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update