Kath Khabar
तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

                             काठमाडौं, असार ४  ।  प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज अपराह्न बस्दैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । 

बैठकमा प्रतिनिधिसभा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update