Kath Khabar
अनमोल केसीसँग फिल्ममा डेब्यू गर्दैछिन् प्रिन्सी खतिवडा

                         काठमाडौं, असार ४ ।  चर्चित कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडा आगामी चलचित्र 'बाटुलो जुन' बाट फिल्ममा डेब्यू गर्दैछिन् । उनी 'बाटुलो जुन' मार्फत नायक अनमोल केसीसँग जोडी बाधिने भएकी हुन् । निर्माताहरूले उनलाई अडिसनमार्फत् चयन गरेका हुन् ।

सुरुमा टिकटकमा चर्चित रहेकी प्रिन्सीले म्यूजिक भिडियोमा राम्रो सफलता पाएकी छिन् । उनले केही हिन्दी गीतमा समेत अभिनय गरेकी छन् भने उनले एक हिन्दी फिल्म ‘सपना’मा पनि अभिनय गरेकी छिन् जुन फिल्म रिलिज हुन बाँकी छ  । 

अभिनेता भुवन केसीको निर्देशन र  जिया केसीको निर्माणमा बन्न लागेकाे याे चलचित्र ग्रामीण परिवेशको कथावस्तुमा निर्माण हुन लागेको हाे ।  यस फिल्ममा अनमोल पहिलोपटक गाउँले भूमिकामा देखिँदैछन् ।  

यो फिल्मलाई अनमोलको करियरको सबैभन्दा कम बजेटको फिल्म भनिएको छ ।  यो फिल्म चलचित्र विकास बोर्डमा दर्ता गर्दा बजेट २५ लाख उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update