Kath Khabar
अदालतको आदेशपछि पुनः काममा फर्किए महानगर प्रहरी प्रमुख राजु पाण्डे

                        काठमाडौं, असार ४ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् ।  उच्च अदालत पाटनले निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बिहीबारदेखि  सुन्धारास्थित कार्यालयमा उपस्थित भई ड्युटीमा फर्किएका छन्।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाको लागि निलम्बन गरिएको थियो । निलम्वनमा परेपछि गुरागाईँको निर्णयविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update