रास्वपा र राप्रपाद्वारा आज पनि संसद अवरोध [LIVE]
काठमाडौं, असार ५ । प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाले निरन्तर रूपमा विरोध प्रदर्शन जारी राखेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै आएका रास्वपा र राप्रपाद्वारा संसद अवरोध गर्दै आएका उनीहरूले आज पनि संसद अवरोध गरेका छन् । बैठक सुरु हुने बित्तिकै उनीहरूले वेल घेराउसहित सदनमा नाराबाजी गरिरहेका छन् ।
संसदमा बोल्दै रास्वपा सांसद हरि ढकालले भिजिट भिसा प्रकरण विरुद्धको विरोध जारी रहने बताए । उनले सरकारले हजारौं ठगिएका नेपालीहरूको दुर्दशामा आँखा चिम्लेको आरोप लगाए ।
यसैबीच, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विरोधको वाबजुद पनि संसद चलाएको भन्दै आजको बैठक पनि बहिष्कार गर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय