Kath Khabar
रास्वपाले विरोध जारी राखेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो
File Photo

                    काठमाडौं, असार ६ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ।

सभामुख देवराज घिमिरेले सांसदहरूको निरन्तर अवरोधका कारण सिर्जना भएको प्रतिकूल वातावरणका कारण प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइएकाे बताए । 'विशेष परिस्थितिका कारण आजका लागि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको म सदनलाई जानकारी गराउँछु', उनले भने ।  

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्न सोध्ने कार्यसूची थियो। 

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update