Kath Khabar
पार्टी स्थापना दिवसको अवसरमा रवि लामिछानेले जेलबाट जारी गरेको  ‘१९ पन्ने अपिल’ मा के छ ?

               काठमाडौं, असार ७ । पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यसबेला म यो अपील ९७२५ नम्बरको थुनुवाका खपमा भैरहवा कारागारबाट पठाएको छु आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईहख बीच पुग्ने छ ।

तपाईहरूले मलाई दुई–दुईपटक कीर्तिमानपूर्ण मतका साथ संसदमा पुर्याउनुभयो । भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब बाह्र लाख मत दिनुभयो। त्यो मतले झस्केकाहरू चितवन र तनहुँको उपचुनावको परिणामले झन् तर्सिए।

स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि यिनीहरू म विखद्ध षड्यन्त्रमा लागे। त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा ककसलाई कसरी प्रयोग गरियो, सिनो राज्यको कसरी दुखपयोग भयो, तपाईँहरूले आफ्नै आँखाले देखिरहनुभएको छ।

तपाईँहरूलाई थाहै छ, म कसैमाथिको कुनै पनि अन्यायमा नबोली बस्न नसक्ने मान्छे हुँ। बोलेरै विश्वकीर्तिमान राखेको मान्छे पनि हुँ। तर, यिनीहरूले यस्तो जाल थापे कि, आफैंमाथिका अपराध र अन्यायमा पनि म बोल्न सकिन।

मेरा कानून व्यवसायीले निरन्तर भनिरहनु भयो, तपाईँ देशकै सबैभन्दा ठूलो आपराधिक गिरोहसँग न्यायिक लडाइँ लड्दै हुनुहुन्छ, एउटै आवेगपूर्ण वाक्यलाई दुखपयोग गरेर यिनीहरूले थप कानूनी झमेलामा फसाउन सक्छन्, त्यसैले तपाईँ बोल्न हुँदैन । चार जिल्ला, चार उच्च र पछि सर्वोच्चसम्म गरेर नौ– नौवटा अदालतमा (अब त पर्सा जिल्ला अदालत पनि थपियो) मुद्दा झुण्ड्याइएको व्यक्तिले कानून व्यवसायीको राय नसुन्न पनि मिलेन ।

तर, यो मौनता अरुलाई भन्दा बढी मलाई नै बिझाएको थियो । चाहे अरु जतिवटा झुटा मुद्दा खेप्न परोस्, अब बोल्छु भन्ने लागेरै चैत १८ गते पार्टी कार्यालयबाटै घोषणा गरेँ, चैत २३ गते चितवनमा बोल्छु। संयोग मानौं कि सत्य, परिणाम मेरा कानून व्यवसायीले चेतावनी दिएजस्तै भयो। चैत २२ गते नै उच्च अदालतले मलाई थुन्ने आदेश गर्‍यो। अब त सर्वोच्च पनि थपिइसकेको छ।

मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन।

राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै। राज्यका सारा अंग र संरचना यिनकै भर्ती केन्द्र। घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दु:ख दिए। तर, विचार गर्दै जाँदा गएका छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दु:खका अगाडि मैले पाएको दु:ख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुख मनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके, भन्दै उनी अझै भन्छन्...................

 

 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update