Kath Khabar
अमरेशकुमार सिंहले बाेलेकाे अभिव्यक्तिमा आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन निर्देशन

                           काठमाडौं, असार ८ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन निर्देशन दिइएको छ । 

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद अमरेशकुमार सिंहले सरकारले पाँचवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाएका थिए । उनले बढी बजेट पाँच वटा जिल्लामा मात्रै दिइएकाले ती पाँच जिल्लालाई नेपालमै राखेर अन्य जिल्लाहरूलाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

त्यसपछि अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए । यो देशद्रोही अभिव्यक्ति हो भन्दै बर्तौलाले संसदको रेकर्डबाट हटाउन माग गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । त्यसपछि एकछिन संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवालजवाफ चलेको थियो ।

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update