संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एक कामदार घाइते

काठमाडौं, असार ८ । नयाँबानेश्वरस्थित संघिय संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एकजना कामदार घाइते भएका छन् ।
छतमा मर्मतको सिलसिलामा माथि चढेका उनी काम गर्दागर्दै फल्स सिलिङ भाँचिएर खसेका हुन् । उनको खुट्टा र कुहिनामा चोट लागेको बताइएको छ । उनलाई अहिले उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय