रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको संसद् बैठक पनि बहिष्कार गरेका छन् । आज बैठक सुरु भएलगत्तै राप्रपा र रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सांसदहरू नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए ।
सोमबारको प्रतिनिधि सभाको बैठक सरकारले भिजिट भिसाको नाममा भइरहेको मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाउँदै बैठक बहिष्कार गरेका हुन् । रास्वपाले यस विषयमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न पुनः माग गर्दै आएको छ । सो माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने चेतावनी समेत पार्टीले दिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय