अभिनेता अनमोल केसीसहित चलचित्र 'फर्की फर्की' को टिमविरुद्ध मुद्दा दायर
-1750673851.jpg)
काठमाडौं, असार ९ । अभिनेता अनमोल केसीसहित चलचित्र 'फर्की फर्की' को टिमविरुद्ध मुद्दा दायर भएको छ । कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको भन्दै अभिनेता अनमोल केसीसहित फिल्म ‘फर्की फर्की’ टिमविरुद्ध जिल्ला अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेका हुन् ।
मुद्दामा चलचित्रमा प्रयोग गरिएको मोबाइल नम्बर दुरुपयोग गरेको र यो नम्बर हटाउन अनुरोध गर्दा पनि एमएसएम ओटीटी प्लेटफर्मबाट नहटाएकोले कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् । उनले मुद्दामा आफ्नो नम्बर भएको जानकारी गराए पनि पछि सयौँ नम्बरबाट फोन आउन थालेको र अनमोल केसीलाई दिन आग्रह गर्दा पनि नरोकिएको र यसले पीडितको मानसिक स्वास्थ्यमा असर पुर्याएको दाबी गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय