नेपालमा ओमिक्रोन भेरियन्टका पाँचवटा नयाँ सबभेरिएन्टहरू फेला

काठमाडौं, असार ९ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका पाँचवटा नयाँ सबभेरिएन्टहरू फेला परेका छन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ २२ देखि २९ गतेसम्म कोभिड-१९ पुष्टि भएका १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट पुष्टि भएका हुन् । पुष्टि भएका सब-भेरिएन्टहरूमा सातवटा एक्सएफजी, तीनवटा एक्सएफजी, एउटा एक्सएफजी ३.१ र दुईवटा जेएन १ रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार सबै प्रदेशमा सङ्कलन गरिएका नमुनामा यी सब-भेरिएन्ट देखिएका हुन् । उनका अनुसार हाल फेला परेका सब-भेरिएन्टहरू अत्यधिक सङ्क्रामक भए पनि कम घातक छन् ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय