Kath Khabar
‘ए मेरो हजुर ५’ मा बाधिए नायक अनमोल केसी

                            काठमाडौं, असार ९ ।  नायक अनमोल केसी फिल्म 'ए मेरो हजुर ५' मा भित्रिएका गरेका छन् ।  निर्देशक झरना थापाले सोमबार साँझ उनीसँग लिखित सम्झौता गरेकी छन् ।

सुहानाको होम ब्यानर सुहाना थापा इन्टरटेन्मेटबाट यो फिल्म बन्नेछ । अनमोलको जोडी अभिनेत्री सुहाना थापासँग नै बाँधिनेछ । यसअघि पनि उनीहरुले एकसाथ दुई र तीन श्रृंखलामा अभिनय गरिसकेका छन् ।   

फिल्म ‘जेरी अन टप’ र ‘बाटुलो जुन’ को छायांकन सकिएपछि ‘ए मेरो हजुर ५’ को छायांकन सुरु गरिने बताइएको छ।

फिल्मको सहकार्यपछि अनमोलले सामाजिक सञ्जालमार्फत आफ्नो यसरी व्यक्त गरेका छन्-

लामो समयको बिश्राम पश्चात  एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु ।
" जेरी अन टप" , "बाटुलो जुन" र  "ए मेरो हजुर - ५"  मार्फत नेपाली चलचित्र उधोगमा नयाँ जोशका साथ हजुरहरु  माझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र  हर्षित छु । 😊
आज सम्मको मेरो यस नेपाली चलचित्र उधोगमा साथ, सहयोग, सुभेच्छा र माया , हौसला र प्रेरणा प्रदान गर्नुृहुने  मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरु, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरु प्रति म कृतज्ञ छु ।

यस्तै, झरना थापाले पनि सामाजिक सञ्जालमार्फत अनमोललाई स्वागत भनेकी छन् -

मेघास्टार अनमोल केसी भाईलाई `ए मेरो हजुर-५´ मा स्वागत छ । `ए मेरो हजुर-३´ र `ए मेरो हजुर-४´ पछि हामी तेश्रोपटक सहकार्य गर्दैछौ । यो सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने बिश्वास ब्यक्त गर्दै `ए मेरो हजुर-५´ लाई सर्वोत्कृष्ट बनाउन कुनै प्रयास बाँकी राख्ने छैनौं भन्ने प्रण गर्दछु । हामीलाई साथ,समर्थन,माया र आशीर्वाद दिनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा हार्दिक आभार ब्यक्त गर्दछु ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update