Kath Khabar
इरानले कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डामा गर्यो मिसाइल आक्रमण

                   काठमाडौं, असार १० । इरानले कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

कतारको राजधानी दोहा नजिकैको यो सैन्य अड्डामा मिसाइल प्रहारसँगै विस्फोटको आवाज सुन्निएको र आकाशमा ज्वालामुखी दृश्य देखिएको अल जजिराले जनाएको छ ।

इरानमाथि अमेरिकाबाट आणविक केन्द्रमा सम्भावित आक्रमणपछि बदला स्वरूप कारबाही हुने अनुमान गरिएको थियो । अल-उदेद एयर बेस मध्यपूर्व क्षेत्रको अमेरिकी सैन्य रणनीतिक उपस्थितिमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण अड्डा हो । बेसमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।

अल उदीदमा आक्रमण गर्नु अघि इरानले पूर्वसूचना दिएको तीन इरानी अधिकारीहरूलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ । इरानको भनाइ अनुसार, यसले मानवीय क्षति कम गर्न र सबै पक्षलाई पछि हट्ने मौका दिने उद्देश्य राखेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार, हालसम्म कुनै मानविय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त नभएको र उनीहरूले अवस्था नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।

कतारले यस हमलालाई आफ्नो सार्वभौमिकताको उल्लङ्घनको रूपमा निन्दा गरेको छ र इरानको मिसाइलहरूसँग कानुनी प्रतिक्रिया दिने अधिकार राखेको जनाएको छ  । युएई, बहराइन लगायतका खाडी देशहरूले पनि आफ्नो हवाई क्षेत्र बन्द गरे र विमानस्थलको सञ्चालन रोकिदिएको छ  ।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update