Kath Khabar
काठमाडौंको कमलादीस्थित हामा स्टिलमा आगलागी
Photo : Nepal Army

                      काठमाडौं, असार १० । काठमाडौं महानगरपालिका कमलादीस्थित हामा स्टिलमा आगो  लागेको छ । काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजसँगै रहेको हामा स्टिलको भवनमा मंगलबार बिहान करिब ६ बजे आगलागी भएको हो । 

आगलागी नरसिंहदल गणबाट खटिएको अग्नि नियन्त्रण टोलीले महानगरपालिकाको दमकल सहितको टिम, अन्य सुरक्षा निकायका र स्थानियहरुसँगको सहकार्यमा नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक विवरणअनुसार आगलागी विद्युत सर्ट सर्किटका कारण भएको आशंका गरिएको छ, अनुसन्धान जारी छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update