नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण एक महिलाको मृत्यु

काठमाडौं, असार १० । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण एक महिलाको मृत्यु भएको छ । नयाँ भेरियन्टबाट मृत्यु हुने उनी पहिलो नेपाली हुन् । उनको मंगलबार बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक इलामको सूर्योदय नगरपालिकाकी बासिन्दा थिइन् । करिब एक हप्तादेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा बिहान ६ बजे उनको मृत्यु भएको डाक्टरहरूले पुष्टि गरे।
हाल झापाका चार, मोरङका दुई र इलामका एक गरी सात अन्य व्यक्तिहरू एउटै भेरियन्टको उपचार गराइरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय