मनोहरा नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरी बलद्धारा उद्धार
ललितपुर, असार ११ । ललितपुरको बालकुमारीस्थित पुलबाट मनोहरा नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरी बल (एपीएफ) ले सफलतापूर्वक उद्धार गरेको छ।
नुवाकोटका १८ वर्षीय आयुष बडालले च्यासलस्थित नेकपा एमाले पार्टीको केन्द्रिय कार्यालय नजिकैको पुलबाट बुधबार बिहान करिब ६ः४० बजे हाम फालेका थिए। उनी हाम फालेको केही क्षणमै घटनास्थल नजिकै सुरक्षाका लागि खटिएका एपीएफ टोलीले उद्धार गरेको थियो।
उद्धारपछि उनलाई तत्कालै त्यही क्षेत्रमा रहेको पुनर्जिवन अस्पतालमा लगिएको थियो । सुरक्षा निकायका अनुसार आयुष बादल यसअघि पनि केही समयदेखि सोही अस्पतालमा उपचाररत थिए । अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल सामान्य छ ।
उनले हाम फाल्न खोज्नुको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय