Kath Khabar
माधवकुमार नेपालको बयान विशेष अदालतमा सुरू

                                 काठमाडौं, असार ११ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान विशेष अदालतमा सुरू भएको छ ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बयान दिन उनी आज आफैं अदालत उपस्थित भएका हुन् ।  नेपालको बयान तीन जना न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा सुरू भएको छ ।

आफू अदालतमा उपस्थित हुने बारे कानुन व्यवसायीमार्फत नेपालले मंगलबार निवेदन दिएका थिए । आज  उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update