Kath Khabar
रास्वपाको महामन्त्रीमा फर्काउन माग गर्दै मुकुल ढकाल पुगे सर्वोच्च, कुमार रेग्मीको इजलासमा पेसी

                       काठमाडौं, असार १२ । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कायम गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । 

ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने दाबी गर्दै पार्टीको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन्। उक्त रिटमा आज न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । 

रास्वपाबाट महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित भएका ढकालले निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा आफू नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको बताएका छन् ।

ढकालले दायर गरेको रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलगायतलाई विपक्षी बनाएइएको छ। निर्वाचन आयोगले असार ४ गते पत्र जारी गरी डा. ढकाल अझै पनि पार्टीको आधिकारिक अभिलेखमा महासचिवकै रूपमा सूचीकृत रहेको जानकारी दिएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update