काठमाडौं, असार १२ । डा. मुकुल ढकालले रास्वपा महामन्त्री दाबी गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
मुकुल ढकालले आफूलाई महामन्त्री पदमा फर्काउन दाबी गर्दै दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले दुबै पक्षलाई असार १७ गते दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको हो ।
ढकालले दायर गरेको रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलगायतलाई विपक्षी बनाइएको छ । ढकाललाई भने पार्टीले यसअघि नै निष्कासन गरिसकेको छ । अहिले रास्वपाको महामन्त्रीको जिम्मेवारीमा कबिन्द्र बुर्लाकोटी छन् ।
निर्वाचन आयोगले हालै आफ्नो अभिलेखमा ढकाललाई महासचिवको रूपमा पुष्टि गरेको थियो । गत साता निर्वाचन आयोगले मुकुल ढकाललाई उनी रास्वपाको महामन्त्री कायमै रहेको भन्ने विवरण उपलब्ध गराएपछि यो विवाद पुनः सुरु भएको हो ।