एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी
भक्तपुर, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझ ५ बजे नतिजा सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।
बोर्डका अनुसार यदि कुनै प्राविधिक समस्या देखा नपरेको खण्डमा नतिजा आजै प्रकाशित गरिनेछ । यद्यपि, प्राविधिक कठिनाइ आएमा परीक्षाफल सार्वजनिक गर्ने मिति केही दिन पर सर्न सक्ने सम्भावना रहेको बोर्डले जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ४,९९,१८३ विद्यार्थी सहभागी भएका थिए।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय