एसईईको नतिजा सार्वजनिक
काठमाडौं, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनको तयारीका लागि केही बेरअघि बोर्डको बैठक बसेको थियो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष कुल परीक्षार्थीमध्ये एक लाख ६७ हजार ५९७ जना ग्रेडेड भएका छन् । यो वर्ष ३.६ देखि ४ जीपीए अर्थात् A+ ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको शर्माले बताए ।
२०८१ को चैत ७ देखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय