काठमाडौं, असार १३ । यस वर्षको एसईईको ग्रेड वृद्धिका लागि आगामी साउन २९ गते परीक्षा हुनेछ ।
यस वर्ष एसईई परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ जनामध्ये २ लाख ७१ हजार २९९ ग्रेडेड भएका छन् भने बाँकी १ लाख ६७ हजार ५९७ जना ननग्रेडमा परेका छन् ।
बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ , ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ रहेका छन् । यसै गरी २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ , २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ।
यस वर्ष एसईईमा ग्रेड नपाएका विद्यार्थीहरूको संख्या गणितमा सबैभन्दा बढी रहेको छ । कुल १२८,२१५ विद्यार्थीहरू गणितमा मात्र ग्रेड प्राप्त गर्न असफल भएका छन् ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।