Kath Khabar
संघीय निजामती सेवा विधेयक बहुमतले पारित

                      काठमाडौं, असार १५ । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य मामिला तथा सुशासन समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा व्यापक छलफलपछि सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरे।

विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी पूर्वाधारहरूमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी नीतिगत प्रस्थान बिन्दु भएको बताए।

 

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update