Kath Khabar
राष्ट्रिय सभाको बैठक बस्दै

                             काठमाडौं, असार १८ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे बस्दैछ।  

आजको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्रिय ऋण सङ्कलन विधेयक, २०८२ माथि राष्ट्रियसभामा विचार माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा मन्त्रीहरूले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालय शीर्षकमा विनियोजन विधेयक, २०८२ मा संसदीय छलफलका क्रममा उठाइएका सांसदहरूको  जवाफ दिने कार्यक्रम छ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा प्राप्त विनियोजन विधेयक, २०८२ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update