काठमाडौं, असार १८ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौैं महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको लागि अनलाइन आवेदन खुलाएको हो ।
छात्रवृत्तिमा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले आजैदेखि आवेदन दिन सक्नेछन् । विद्यार्थीहरूले महानगरको वेबसाइट वा http://entrance.kathmandu.gov.np मा आवेदन पेस गर्नुपर्ने छ । फारम भर्ने अन्तिम मिति असार २७ गतेसम्म रहनेछ ।
परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि शुरु हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा जनाइएको छ ।