Kath Khabar
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक अन्य सेवा-सुविधा त्यागेको पत्र गृहमा दर्ता


                            काठमाडौं, असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाएको सरकारी सेवा-सुविधा नलिने सम्बन्धी पत्र गृह मन्त्रालयमा दर्ता भएको छ । बुधबार पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाएको सेवा सुविधा त्यागेको व्यहोराको व्यहोराको पत्र गृह मन्त्रालयमा दर्ता भएको हाे ।

भण्डारीले आजैदेखि लागू हुने गरी पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सुरक्षाबाहेक अन्य सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन् । भण्डारीलाई पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । 

भण्डारीले असार १४ गते औपचारिक रुपमा नेकपा (एमाले)बाट सक्रीय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

 

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update