स्पेनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किंदै छन् प्रधानमन्त्री ओली

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री ओलीको आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरे । त्यस्तै, प्रधानमन्त्री ओलीको स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग पनि द्विपक्षीय भेटवार्ता भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय