Kath Khabar
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


                        काठमाडौं, असार २० । काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update