सिंहदरबार परिसरबाटै हरायो श्रम मन्त्रालयको गाडी
काठमाडौं, असार २० । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । हराएको गाडी सरकारी स्वामित्वमा रहेको प्रदेश ३-०१-००२ झ ५३६७ दर्ता नम्बर भएको महिन्द्रा स्कर्पियो एस४ गाडी हो ।
मन्त्रालयले हराएको गाडी खोज्न मद्दतको लागि गृह मन्त्रालय, नेपाल प्रहरी मुख्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाइसकेको छ । असार १५ गते पत्र पठाइएको समाचार गोरखापत्रमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय