आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, असार २३ । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने जनाइएको छ ।
साथै आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ ०९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय