Kath Khabar
यि हुन्  ‘कूलिङ पिरियड’ छानबिन विशेष समितिका सदस्यहरु

                       काठमाडौं, असार २३ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समिति गठन भएको छ । सभामुख देवराज घिमिरेसँगको छलफल दलहरुले आ-आफ्नो पार्टीबाट सदस्यहरूको नामावली दिएका थिए । ती नामावली सभामुखको सचिवालयले सार्वजनिक गरेको छ ।

समितिमा नेपाली कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् । समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ । छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियडमा अर्कै प्रावधान थपिएको भन्दै विवाद भएको थियो । 

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update