Kath Khabar
थापाथली पुलमुनि एक युवक मृत भेटिए

                          काठमाडौं, असार २५ । काठमाडौं महानगरपालिका–११ स्थित थापाथली पुलमुनि एक युवक मृत भेटिएका छन् । थापाथली पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन् । उनी सोही स्थानमा रहेको सुकुम्बासी बस्तीमा बस्दै आएको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राईलाई छारे रोगको समस्या थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । 

 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update