Kath Khabar
भारतको राजस्थानमा वायुसेनाको लडाकु विमान दुर्घटना, दुई जनाको  मृत्यु

                        राजस्थान, असार २५ ।  भारतको राजस्थानस्थित चुरु जिल्लाको भानोदा गाउँ नजिकै भारतीय वायुसेना (IAF) को लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। रिपोर्टका अनुसार यस दुर्घटनामा विमानका पाइलट र सह-पाइलटको मृत्यु भएको छ।  घटनास्थलबाट उनीहरू दुई जनाको शव क्षतविक्षत अवस्थामा बरामद गरिएको हाे ।

सुरतगढ एयरबेसबाट उडान भरेको केही समयपछि भानोदा गाउँ नजिकैको खेतमा दुर्घटना दिउँसो १:२५ बजेतिर दुर्घटनाग्रस्त भएको हाे । दुर्घटनास्थलमा जेटको भग्नावशेष छरिएको अवस्थामा भेटिएको थियो र आगो लागेको थियो । विस्फोटको आवाज सुनेपछि गाउँलेहरूले खेतमा आगो र धुवाँ देखेका थिए । त्यसपछि प्रहरी, दमकल र प्रशासनको टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो । यसका साथै, वायुसेनाले घटनास्थलमा दुई हेलिकप्टर पनि पठाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update