Kath Khabar
काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश

                 काठमाडौं, असार २५ । पाटन उच्च अदालतले काठमाडौं टावरको निर्माणलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाश खरेलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । उच्च अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण जारी राख्ने बाटो खुलेको छ ।

उच्च अदालतले निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमती लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुर समेत तिरिसकेकोले यस्तो परिस्थितिमा निर्माण रोक्नाले ठेकेदारको वैध अपेक्षालाई हानि पुर्‍याउने फैसला गरेको छ ।

अदालतले मेयर बालेन्द्र साहले मेयरस्तरीय निर्णयबाट ५ लाख जरिवाना लिएर प्रक्रिया अघि बढाएको टावरको नक्सा पास प्रक्रियालाई अदालतले नरोक्न भनेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update