
काठमाडौं, असार २६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ६ महिनापछि कार्यपालिका बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको बालेनको सचिवालयले जनाएको छ ।
बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ, त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ । आगामी आर्थिक वर्षको बजेट ल्याउन र कार्यपालिका बैठक बोलाउन उपमेयर डंगोलसहित तीन जना वडाध्यक्षले मेयर साहसँग विभिन्न चरणमा छलफल गर्दै आएका थिए ।
मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन् । कार्यपालिका बैठकले नगर सभाको मिति तय गर्ने र बजेट अनुमोदनको बाटो खोल्ने अपेक्षा गरिएको छ । मेयर साहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन् ।