Kath Khabar
स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपी थापालाई गृहमन्त्रीको निर्देशन

                                   काठमाडौं, असार ३० ।  गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणस्पेन छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् ।

सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी स्पेन गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी उक्त कार्यक्रममा स्पेन गएका केही नेपाली नफर्केको भन्दै आलोचना बढ्दै गएको छ । प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update