Kath Khabar
जुवा खेलिरहेको अवस्थामा ललितपुरबाट ११ जना पक्राउ

                               ललितपुर, असार ३० ।  ललितपुर महानगरपालिका-१६ गावहाल बस्ने ५२ वर्षीय प्रेम महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रेम समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update