कुलिङ अफ पिरियड प्रकरण: सभापति रामहरि खतिवडासँग बयान लिन सुरु
काठमाडौं, असार ३२ । निजामती सेवा विधेयकमा देखिएको त्रुटिसम्बन्धी विषयमा छानबिन विशेष समितिले सभापति रामहरि खतिवडासँग बयान लिन सुरु गरेको छ।
निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादका विषयमा छानबिन गर्न गठित समितिले नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा रहेको समितिले बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा खतिवडालाई प्रश्न सोध्न थालेको हो ।
सात सदस्यीय समितिलाई प्रतिनिधिसभाले पारित गरेको विधेयकमा सरकारले दुई वर्ष भित्र अवकाशपछिको नियुक्तिलाई अनुमति दिने प्रमुख संशोधन कसरी समावेश गरियो भन्ने अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

