Kath Khabar
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

                           काठमाडौं, साउन १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन कार्यविधि र सभापति रवि लामिछानेप्रति गरिएको राजनीतिक प्रतिशाेधसम्बन्धी धारणा सार्वजनिक गरिने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । पत्रकार सम्मेलन पार्टीकाे केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो साढे ३ बजे हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update