Kath Khabar
रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

                                  काठमाडौं, साउन १ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाएका युवराज सफलले रास्वपालाई स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।

सफलले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि स्वतन्त्र शब्द प्रयाेग गर्नु  प्रहार भएको बताएका छन् । दल आफैँमा स्वतन्त्र हुन सक्दैन, यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ उनले भनेका छन् ।

"राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाममा जोडेको स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएको, स्वन्तन्त्र भन्ने शब्दको चिर हरण भएको आम जनतलाई भ्रम छर्न र आफूहरु स्वतन्त्र हो भनी भोट बटुल्ने, जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोजेको साथै कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार, सिद्धान्त उद्धेश्य, नीति, कार्यक्रमहरुको आवश्यकता पर्ने गर्दछ, अत राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन । पार्टी स्वतन्त्र हुन सक्दैन, पार्टीले आफ्ना कार्यक्रमहरु स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैं स्वतन्त्र समेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु हुन यसै निवेदनमार्फत अनुरोध गर्न माग गर्दछु ।" निवेदनमा भनिएको छ । 

 

519444920_1101613138561390_440078082118794147_n-1752747539.jpg

 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update